फोरमका सयौं कार्यकर्ता नेकपामा प्रवेश

Facebook
Twitter
WhatsApp
Print

जनकपुरधाम, चैत्र ५ गते । संघीय समाजवादी फोरम नेपालका संयौ नेता कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् । होली पर्वको अवसरमा धनुषाको सहिद नगरपालिकामा सोमबार नेकपा नगर कमिटीले आयोजन गरेको शुभकामना अदान-प्रदान कार्यक्रममा फोरम नेपालका स्थानीय नेता विन्देश्वर गोइत लगायत संयौ नेताकार्यकता नेकपा प्रवेश गरेको जनाएको छ ।

फोरमबाट नेकपा प्रवेश गर्नेहरुमा शहिनगर नगरपालिका ८ विसरभोराका रामचन्द्र दास, कलेश दास, राजगिर दास, पबितर दास, सहदेव दास, शचकृषण दास, रविन दास, दिनेश दास, विल्टु दास, राजकुमार दास, सत्यनारायण राय, रामविलास कुर्मी, , सुर्यनाथ दास, रामबाबु दास, भिलाइ दास, भुला दास, कारी दास, कमल देव, भोदु यादव, भोलु गोइत, भुला वुलगरिया, मोहन ठाकुर लगायत रहेको नेकपाले जनाएको छ ।

नव प्रवेशीहरुलाई कार्यक्रमका प्रमुख अतिथि एवं नेकपाका केन्द्रिय श्रबण बरबरिया यादव र नेकपा प्रदेश २ का सदस्य एवं शहिदनगरपालिका प्रमुख उदय बरबरिया यादवले फुल माला लगाएर पार्टी प्रवेश गराएका थिए ।

सो अवसरमा नेकपाका नेताहरु तनुकलाल कुसियत, रामदेव मरिक, रामकिशोर पासवान, बैजनाथ मण्डल, बीरेन्द्र मण्डल, रुपेश बिराज ,राकेश बिराजि,शिवकुमार गोहिवार, सुरेश पासवान, सुरेन्द्र राइ , अरविंद भिनवार लगायत नेताहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा मिथिला नाटय कला परिषदका कलाकारहरुले होली गाएको जोगिरा गीतले सहभागिहरु झुमेका थिए भने एकआपसमा अविर लगाएर होली पर्व मनाएका थिए ।

ताजा अपडेट

लोकप्रिय

सम्वन्धित समाचार