• The Public Today
  • अन्तर्राष्ट्रियस्तरको बृहत् व्यापारिक मेला जनकपुर महोत्सव कात्तिक १ देखि


    पब्लिक टुडे समाचारदाता
    जनकपुरधाम, असोज २४ गते :
    अन्तर्राष्ट्रियस्तरको बृहत् व्यापारिक मेला ‘जनकपुर महोत्सव २०१९’ आगामी कात्तिक १ देखि ५ गतेसम्म हुने भएको छ ।

    [custom-facebook-feed]

    अन्तर्राष्ट्रिय व्यवसायी तथा प्रतिष्ठानलाई एउटै छातामुनि सहभागी गराई अनुभव आदानप्रदान तथा व्यापारको नयाँ आयाम तथा सम्भाव्यता सिर्जना गर्ने सो महोत्सवले उद्देश्य रहेको छ ।

    सिया इवेन्टस् एन्ड एसोसिएटस् प्रा।लि।, नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश नं २ समिति र डेली रोलिङ मिडिया एन्ड इवेन्टस् प्रा।लि। द्वारा तिरहुतिया गाछीमा आयोजना हुने सो मेलामा ७५ वटा कक्ष रहने जनाइएको छ ।

    सम्मेलनमा नेपाल, भारत, पाकिस्तान र बङ्गलादेशका विभिन्न क्षेत्रका व्यवसायीको सहभागिता रहने सो महोत्सवमा एक लाखभन्दा बढी अवलोकनकर्ताको आगमन हुने अपेक्षा गरिएको छ । महोत्सवमा तयारी पोशाक, छालाजन्य उत्पादन, भान्साघरका सामग्री, घरायसी सामग्री, अटो मोबाइल्स, पूर्वाधार, वित्तीय संस्थालगायत विभिन्न अति आवश्यक सामग्री उपलब्ध हुने बताइएको छ । महोत्सवमा सांस्कृतिक कार्यक्रम, खाना उत्सव र निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन हुने समेत जनाइएको छ ।

    शुक्रवार नेपाल पत्रकार महासंघ धनुषा शाखामा पत्रकार सम्मेलनको आयोजना गदै जनकपुर महोत्सवलाई भव्यताका साथ सफल पार्न नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश २, उद्योग मंत्रालय प्रदेश २ ले समेत सहयोग गर्न लागेको जनाएको हो । आयोजकका अनुसार कार्यक्रमका प्रमुख अतिथि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत रहने जनाएको छ ।

    योजकले यसअघि संघीय राजधानी काठमाडौमा विभिन्न व्यापारिक मेला तथा इभेन्टसहरु आयोजना गरिसकेका छन् । आयोजकको प्रदेश स्तरीय यो महोत्स प्रदेश २ मा पहिलो महोत्सव रहेको छ ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस