• The Public Today
  • सशस्त्र प्रहरीद्वारा राँगा र भैँसी नियन्त्रणमा


    पब्लिक टुडे समाचारदाता
    महोत्तरी, असोज २४ गते :
    सशस्त्र प्रहरीले भारतबाट नेपालतर्फ ल्याइँदै गरेका राँगा र भैँसी सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

    [custom-facebook-feed]

    महोत्तरीको मटिहानी नगरपालिकाबाट सशस्त्र प्रहरीका प्रहरी निरीक्षक हिमालय थापाको नेतृत्वमा खटिएको टोलीले मटिहानी नगरपालिका–३ मझौरा गाउँबाट १७ राँगा र तीन भैँसी नियन्त्रणमा लिएको हो ।

    राजश्व छलेर वनको बाटो हुँदै तस्करी गरी ल्याइएका ती जनावर मूल्य रु तीन लाख ५० हजार रहेको प्रहरी निरीक्षक थापाले बताउनुभयो । तिनलाई मूल भन्सार कार्यालय जलेश्वरमा बुझाइने बताइएको छ ।


    क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस