• The Public Today
  • धारिलो हतियार प्रयोग गरेर आमा छोरीको हत्या


    गाईघाट, असोज २५ गते : उदयरपुर जिल्लाको त्रियुगा नागरपालिका–९ चौकीबारीमा गएराति आमा छोरीको विभत्स हत्या भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार चौकीबारीका स्थानीय ३२ वर्षीया सारदा चौधरी र उनीकी ९ वर्षकी छोरी रचना चौधरीको धारिलो हतियार प्रयोग गरेर हत्या भएको हो ।

    [custom-facebook-feed]

    आज बिहानमात्रै चौधरीका छिमेकीले प्रहरीलाई खबर गरेपछि जिल्ला प्रहरी कार्यालयको टोली जघनास्थल पुगेको थियो । घटनाको अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय प्रमुख वीरबहादुर बुढामगरले राससलाई जानकारी दिनुभयो ।

    मृतकको श्रीमान वैदेशिक रोजगारीका क्रममा विदेशमा रहेको र हत्या गर्ने व्यक्ति अझै पत्ता नलागेकाले सुनसरीबाट तालीमप्राप्त कुकुर झिकाएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । रासस


    क्याटेगोरी : अपराध, मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस