• The Public Today
  • चिनियाँ राष्ट्रपति काठमाडौं आइपुगे


    काठमाडौं, असोज २५ गते । चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल आइपुगेका छन् । राष्ट्रपति सी नेपाली समयअनुसार ४ः१० मा नेपाल आइपुगेका हुन् ।

    [custom-facebook-feed]

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सीलाई समकक्षी विद्यादेवी भण्डारीले स्वागत गरेकी थिइन् । यस्तै सीलाई स्वागत गर्न उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीहरु विमानस्थल पुगेका थिए । 

    राष्ट्रपति सी भारतको चेन्नई अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाली समयाअनुसार २ः०३ मिनेटमा नेपाल प्रस्थान गरेका थिए । 


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस