• The Public Today
  • जनकपुरमा हरियो तरकारीको मूल्य आकासियो


    जनकपुरधाम,असोज २५ गते : प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा तरकारीको मूल्य आकासिएको छ । करीब महिनादिनदेखि जनकपुरधाममा हरियो तरकारीको मूल्य निकै वृद्धि भएको छ ।

    [custom-facebook-feed]

    जनकपुरधाम बजारमा हाल एक सय रुपैयाँ भन्दा कम कुनैपनि तरकारीको मूल्य छैन । फुलकोभी दुई सयदेखि साढे दुई सय प्रति किलोमा विक्री भईरहेको छ । त्यसैगरी अन्य तरकारीहरु मूला एक सय, लौका ५० देखि २ सयसम्म, राइको साग एक सय, गोलभेंडा डेढ सय रुपैया प्रतिकिलो विक्री भइरहेको छ । तरकारीको मूल्य अत्यधिक वृद्धि भएका कारण चुल्हाचौकाको जोहो गर्न निकै समस्या भईरहेको स्थानीयहरुको भनाई छ ।


    सस्तो दरमा भारतीय बजारबाट तरकारी आयात गरिएपनि जनकपुरधाम आउंदा आउंदै किन बढी अत्यधिक मूल्य वृद्धि हुन्छ बारे तरकारी व्यवसायीहरुले कोल्ड स्टोरको अभावका कारण संडने र तुहिने, ठाउं ठाउंमा प्रहरीले पैसा लिने गरेकोले सबै त्यसमै थप गर्दा मूल्य वृद्धि हुने गरेको बताउंछन ।


    यस सम्बन्धमा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले यस बर्षको असार महिनामा आएको बाढीका कारण तरकारी खेती नष्ट भएकोले उत्पादन र उत्पादकत्वमा ह«ास आएकोले मूल्यबृद्धि भएको हुनसक्ने बताए ।

    तराई मधेशका अन्य सीमावर्ती प्रमुख बजारहरु विराटनगर, विरगंज र राजविराज भन्दा दोब्बर जनकपुरधाम बजारमा तरकारीको मूल्य रहेको छ । तर यसलाई नियन्त्रण गर्न सरोकारवाला कुनैपनि निकाय अग्रसर भएको देखिदैन ।


    क्याटेगोरी : मुख्य समाचार, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस