सशस्त्र प्रहरीद्धारा लाखौ मूल्य बराबरको समान बरामद

पब्लिक टुडे समाचारदाता
जनकपुरधाम, असोज २५ गते : सशस्त्र प्रहरीले भारतबाट भन्सार छलेर ल्याइएको लाखौ मूल्य बराबरको समान बेबारिसे अवस्थामा बरामद गरेको छ ।
शनिवार जटहीबाट जनकपुरतर्फ आउँदै गरेको ज १ ख ७६६ नम्बरको बसमा विशेष सूचनाको आधारमा चेकजाँचको क्रममा सशस्त्र प्रहरीले करिब २ लाख ३५ हजार मूल्य बराबरको समान बरामद गरेको हो । सहायक प्रहरी निरिक्षक गणेशदत्त पाण्डेयको नेतृत्वमा खटिएको सशस्त्र प्रहरी टोलीले जनकपुरधाम उपमहानगरपालिका–२० रुपैठाबाट चेकजाँच गर्ने क्रममा उक्त समान बरामद भएको शस्त्र प्रहरी उपरिक्षक राजेश उप्रेतीले जानकारी दिए ।
बसबाट ६२ हजार ९ सय मूल्य बराबरको लत्ताकपडा, १४ हजार मूल्य बराबरको २ क्विन्टल मटर, १ लाख १७ हजार ५० रुपैँया बराबरको किराना समान र ४० हजार ३ सय २० रुपैँया मूल्य बराबरको भाडावर्तन बरामद भएको सशस्त्र प्रहरी उपरिक्षक उप्रेतीले बताए । बरामद भएको समान जनकपुर भन्सार कार्यालय बुझाउने प्रक्रियामा रहेको उनले जनाए ।
क्याटेगोरी : राष्ट्रिय, समाज
प्रतिक्रिया दिनुहोस