• The Public Today
  • रौतहटमा अज्ञात समुहको गोली प्रहारबाट एक युवकको मृत्यु


    पब्लिक टुडे समाचारदाता
    रौतहट, असोज २६ गते :
    रौतहटमा अज्ञात समुहको गोली प्रहारबाट एक युवकको मृत्यु भएको छ । आइतवार अपराहन्न रौतहटको इशनाथ नगरपालिकामा ६ मा भारतीय नम्बरको मोटरसाइकलमा बीचमा राखेर ल्याएका २५ एक वर्षका युवकलाई गोली प्रहार गरी हत्या गरेको हो ।

    [custom-facebook-feed]

    स्थानीय प्रत्यक्षदर्शीका अनुसार मोटरसाइकलको बीचमा राखेर ल्याएको युवकको गोली प्रहार गरेर हत्या गरी उनीहरु पुनः भारत तर्फ भागेका छन् । इशनाथ नगरपालिका वडा नं ६ घिउराबाट जयनगरतर्फ जाने बाटोमा क्रान्ति प्राथमिक विद्यालय स्कुलनजिकै एक युवकमाथि गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । हत्या भएको युवकको पहिचान खुलेको छैन ।

    भारतबाटै आएका व्यक्तिहरुले कुनै भारतीय नागरिकको हत्या गरेर फरार भएको हुन सक्ने प्रहरीको आशंका छ । हत्यामा प्रयोग भएको गोलीको खोका अत्याधुनिक हतियारको भएको प्रहरीले जनाएको छ । प्रहारीले घटना विषयमा अनुसन्धान सुरु गरेको छ ।


    क्याटेगोरी : अपराध, ब्रेकिङ्ग न्युज-१, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस