• The Public Today
  • पर्सामा २२ वटा भैंसी र पाडा नियन्त्रणमा


    पर्सा, असोज २७ गते । पर्सामा प्रहरीले २२ वटा भैंसी र पाडा नियन्त्रणमा लिएको छ ।

    [custom-facebook-feed]

    अवैध रुपमा भन्सार छली गरी भित्र्याउँदै गरेको अवस्थामा विन्दवासिनी गाउँपालिका-१ अमरपट्टीबाट भैंसी नियन्त्रणमा लिईएको हो ।

    जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको संयुक्त प्रहरी टोलीले आइतबार साँझ भैंसी नियन्त्रणमा लिएको थियो । भारतबाट नेपालतर्फ ल्याउँदै गरेको १९ वटा भैंसी र ३ वटा पाडा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

    नियन्त्रणमा लिइएका भैंसी र पाडालाई आवश्यक कार्वाहीको लागि ईलाका प्रहरी कार्यालय पोखरियामा राखिएको छ । भैंसी र पाडा वीरगञ्ज भन्सार कार्यालयलाई बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।


    क्याटेगोरी : मुख्य समाचार, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस