• The Public Today
  • सिरहामा १४ वर्षीया किशोरीमाथि जबर्जस्ती करणीको प्रयास, एक पक्राउ


    सिरहा, असोज २७ गते । सिरहामा १४ वर्षीया एक किशोरीमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

    [custom-facebook-feed]

    पक्राउ पर्नेमा सिरहाको कल्याणपुर नगरपालिका ८ का मोहम्मद रहिम मन्सुर रहेको प्रहरीले जनाएको छ । गत शनिबार राति घरमा कोही नभएको मौकापाई एक छिमेकी किशोरीलाई जबर्जस्ती करणीको प्रयास गरेको आरोपमा मन्सुरीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।

    घरमै प्रवेश गरी मुख थुनेर जबर्जस्ती करणीको प्रयास गरेको र बालिका चिच्चाएपछि स्थानीयवासीले किशोरीलाई उद्धार गरेका थिए । उद्धार गरिएकी बालिकाको जिल्ला अस्पताल सिरहामा स्वास्थ्य परीक्षण गराइएको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी सुकदेव खनालले बताए ।

    पीडित बालिकाले दिएको उजुरीका आधारमा युवकलाई नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


    क्याटेगोरी : अपराध, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस