• The Public Today
  • गायक रविराजलाई जनकपुरमा भव्य सम्मान


    पब्लिक टुडे समाचारदाता
    जनकपुरधाम, असोज २७ गते ।
    मौलिक सिंगिङ रियालिटी शो नेपाल लोकस्टारबाट चर्चामा आएका गायक रविराज साह सम्मानित भएका छन् ।

    [custom-facebook-feed]

    जनकपुरस्थित आलाप संगीत विद्यालयद्वारा गायक रविराज सम्मानित भएका हुन् । मिनापका अध्यक्ष परमेश झा, पूर्व अध्यक्ष मदन ठाकुर, हास्य कलाकार रामनारायण ठाकुर र ललित कमातले संयुक्त रुपमा सम्मान गरेका थिए । लक्ष्य फ़िल्म प्रोडक्सनले आफ्नो नयाँ बन्ने फ़िल्ममा गीत गाउन समेत रविराजलाई आग्रह गरेका थिए । उक्त अवसरमा लक्ष्य फ़िल्मका विकास साहले मायाको चिनो प्रदान गरेका थिए ।

    सम्मान कार्यक्रममा युवा अगुवा सरोज मिश्र, सुशील कर्ण, स्मृति मिश्र, रिंकू मिश्र, प्रभाष जनक, कलाकार कृष्णा सिंह लगायत मिनाप र आलापका कलाकारको विशेष उपस्थिति रहेको थीयो ।

    तस्विर साैजन्य : घनश्याम मिश्र


    क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस