• The Public Today
  • हत्या आरोपी सांसद आलमलाई म्याद थप गरियो


    काठमाडौं, असोज २८ गते : हत्या आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका निलम्बित सांसद तथा पूर्वमन्त्री मोहम्मद अफ्ताव आलममाथि थप अनुसन्धान गर्न सात दिनको म्याद थप गरिएको छ ।

    [custom-facebook-feed]

    जिल्ला अदालत रौतहटका ५ नम्बर न्यायधिश चित्रबहादुर गुरुङको एकल इजलासले अनुसन्धानको लागि सात दिनको म्याद थप गरेको हो । कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका उनीमाथि २०६४ चैत्र २७ गते राजपुरमा भएको बम विस्फोटको घटनामा घाइते भएकाहरुलाई जिउँदै जलाएर हत्या गरेको आरोप छ ।

    सांसद आलमलाई आलमलाई प्रहरीले आइतबार बिहान इद्रिस गेट अगाडिबाट नियन्त्रणमा लिएको थियो ।


    क्याटेगोरी : राजनीति, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस