जनकपुर एयरपोर्टमा तोडफोड गर्ने सासंद साहविरुद्ध पक्राउ पुर्जी जारी

जनकपुरधाम, असोज २८ गते । राष्ट्रिय जनता पार्टी (राजपा) का सांसद  प्रमोदकुमार साहविरुद्ध जिल्ला अदालत जनकपुरले पक्राउ पूर्जी जारी गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाको अनुरोधमा अदालतले सांसद साहविरुद्ध मंगलबार पक्राउ पूर्जी जारी गरेको हो ।

[custom-facebook-feed]

‘अदालतले सांसद साहलाई पक्रन पूर्जी जारी गरेको छ,’ जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी शेखर खनालले भने, ‘अब सांसद साहलाई पक्रन देशभरी पत्राचार गरिनेछ ।’

सर्लाहीबाट निर्वाचित सांसद साहले सोमबार जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टरमा तोडफोड र कर्मचारीमाथि अभद्र व्यवहार गरेका थिए ।

आजै नागरिक उड्डयन प्राधिकरण जनकपुरको कार्यालयले सांसद साहमाथि तोडफोड तथा बाधा अवरोध सिर्जना गरेको भन्दै गैरसैनिक हवाई उडान ऐन २०१५ अन्तर्गत जिल्ला प्रहरी कार्यालय धनुषामा मुद्दा दर्ता गरेको थियो । -रातोपाटी

जब राजपाका एक सांसदले जनकपुर एयरपोर्टमा तोडफोड गरे !