• The Public Today
  • पारसले दिए राष्ट्रिय टिमको कप्तान पदबाट राजिनामा


    काठमाडौं, असोज २८ गते : नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले कप्तानको जिम्मेवारीबाट राजीनामा दिने घोषणा गरेका छन् ।

    [custom-facebook-feed]

    अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले नेपाल क्रिकेट संघ (क्यान) को निलम्बन सर्शत फुकुवा गरेको भोलिपल्ट नै पारसले यस्तो निर्णय सार्वजनिक गरेका छन् ।

    ‘मैले मेरो कप्तान पदबाट राजिनामा दिने निर्णय गरेको छु,’ उनले ट्वीटरमा लेखेका छन् । साथै आईसीसीले क्यानलाई फुकुवा गरेकोमा खुसी व्यक्त गर्दै नयाँ समितिलाई नेपाली क्रिकेटको विकासमा राम्रो काम गर्न शुभमकामना समेत दिएका छन्।

    नेपाली क्रिकेटका सफल खड्काले सन् २००९ बाट कप्तानी सम्हालेका थिए। पारसकै कप्तानीमा नेपालले सन २०१४ को टी-ट्वान्टी विश्वकप खेलेको थियो। उनको कप्तानीमा नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो ।


    क्याटेगोरी : खेलकुद, मुख्य समाचार, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस