सांसद साह पक्राउ परेपछि जनकपुर विमानस्थलमा जे देखियो !

जनकपुरधाम, असोज २८ गते । जनकपुरस्थित विमानस्थलमा तोडफोड गर्ने राष्ट्रिय जनता पार्टी (राजपा)का सांसद साह पक्राउ परेलगत्तै जनकपुर विमानस्थलको सुरक्षा व्यवस्था कडा पारिएको छ । विमानस्थलमा अहिले व्यापक प्रहरी परिचालन गरिएको छ ।

[custom-facebook-feed]

जिल्ला अदालत धनुषाद्वारा बुद्ध एयरको काउण्टरमा तोडफोड गरेको आरोपमा सांसद साहलाई पक्राउ गर्न आदेश जारी भएलगतै काठमाडौस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए ।

तोडफोड गर्ने सांसद साहविरुद्ध नागरिक उड्डयन प्राद्यिकरण जनकपुरधामले जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दर्ता गराएको थियो । सो जाहेरीपछि सांसद साहलाई पक्राउ गर्न धनुषा प्रहरीले प्रहरी प्रधान कार्यालय र जिल्ला अदालत धनुषालाई आग्रह गरेको थियो ।

सर्लाही-१ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद साहले सोमबार विमान डिले (ढिलो) भएको भन्दै जनकपुरस्थित बुद्ध एयर एयरको काउण्टर तोडफोड गरेका थिए ।

तस्विर साभार : रातोपाटी