• The Public Today
  • गढीमाई मन्दिरप्रति प्रदेश सरकार गम्भीर : मुख्यमन्त्री राउत


    बारा, असोज २९ गते । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले गढीमाईलाई धार्मिक सर्किटका रूपमा विकास गर्नुपर्ने बताएका छन् ।

    [custom-facebook-feed]

    गढीमाई सञ्चालन तथा विकास समितिको पाँचौं साधारणसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले पर्यटक भित्र्याउने प्रवल सम्भावना भएकाले धार्मिक सर्किटका रूपमा विकास गर्नुपर्ने  बताएका हुन् ।

    मुख्यमन्त्री राउतले भने, ‘मेला लगाउने विषयमा बोल्दै त्यो दिन रहेन कि कुनै पार्टीको आदेशमा प्रशासन चल्थ्यो, म भन्दिनँ कि सरकार मौखिक, बाहाना वा कसैको आदेशमा चलोस् ।’ प्रशासनले कुनै बाहानामा गलत सजेसन र गलत निर्देशन गलत प्रवृत्तिलाई सुरुवात गरियो भने प्रदेश सरकार कुनै पनि हालतमा स्वीकार नगर्ने मुख्यमन्त्री राउतले चेतावनी दिएका छन् ।

    विधानमा भएको कुरालाई पालना गर्नुपर्ने प्रशासनको दायित्व रहेको उनले बताए । विधानविपरीत कुनै किसिमिको गडबडी भयो भने सम्पूर्ण जिम्मा प्रशासनले लिनुपर्ने उनले बताए । विधान मूल कानुन हो त्यसलाई सबैले पालना गरी हिंडनुपर्ने उनले बताए । विधानलाई छाडी प्रशासन कुनै पार्टीको हुकुमी आदेशमा चल्यो भने प्रदेश सरकार चुप लागेर नबस्ने बताएका छन् ।

    प्रदेशमा विकासको लागि तीन आधार कृषि, उद्योग र पर्यटक रहेकोले गढीमाई विकासको लागि प्रदेश सरकार सदैव तयार रहेको उनले बताए । प्रदेश सरकार गढीमाई मन्दिरप्रति गम्भीर रहेको उनले बताए । मेलालाई भव्य बनाउन प्रदेश सरकार तयार रहेको बताए ।

    संकुचित सोचले गर्दा गढीमाई मन्दिरको जुन किसिमको ख्याति पाउने हो त्यो अहिलेसम्म नपाएको उनले आरोप लगाए । पहाडी जिल्लामा यही मन्दिर भए त्यसको महिमा गरिमा छुट्टै हुने उनले दाबी गरे ।
    लथालिंग अवस्थामा गढीमाई क्षेत्रमा घर निमार्ण भइरहेकोले भविष्य अन्योलमा रहेको उनले बताएका छन् । गढीमाईको विकास लागि मास्टर प्लान बनाएर काम गर्नु पर्ने बताए । प्रदेश २ मा आउने पर्यटक जानकी मन्दिरको साथै गढीमाईको दर्शन गर्न आउने खालको वातावरण बनाउन प्रदेश सरकार लागि परेको मुख्यमन्त्रीले बताए ।

    गढीमाईको पोखरीमा आधुनिक ४ वटा स्टुमर, अस्पताल, २ वटा एम्बुलेन्स नियमित विद्युत्को लागि जनेट लगायत ५५ करोड ८३ लाखको अनुमानित खर्च तथा मेलामा पार्किङ, राँगा, बोकाको चिराकी, जग्गा विक्री, मनोरञ्जन लगायतबाट ५२ करोड ५३ लाख हुने गढीमाई सञ्चालन तथा विकास समितीको सहसचिव सोनालाल साहले बताए । -अजय साह / राजधानी दैनिक


    क्याटेगोरी : राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस