महिलामाथि बलात्कारको प्रयास, एक जना पक्राउ

Facebook
Twitter
WhatsApp
Print

रामबाबु यादव-
गौशाला, चैत्र ६ गते ।
महोत्तरीमा एक महिलामाथि बलात्कारको प्रयास भएको छ । महोत्तरीको सोनमा गाउँपालिका वार्ड नं. ७ सुन्दरपुरमा महिलालाई बलात्कारको प्रयास गरेको आरोपमा स्थानीय ५० वर्षीय मिथिलेश ठाकुरलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

पक्राउ परेको ठाकुरलाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत जलेश्वरबाट म्याद थप गराई अनुसन्धान प्रक्रिया अगाडी बढाएको ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरिक्षक किशोर आचार्यले जानकारी दिनुभयो ।

मंगलवार दिउँसो करिब ४ बजे गाई बस्तु राख्ने गोठमा कोही नभएको मौका छोपी बलात्कारको प्रयास गर्न खोज्दा महिलाले आफनो रक्षाको लागि चिच्याएपछि स्थानीयवासीको सहयोगमा महिलालाई उद्धार गरेको बताईएको छ ।

ताजा अपडेट

लोकप्रिय

सम्वन्धित समाचार