• The Public Today
  • मुख्यमन्त्री राउतले भने- ‘छोरीलाई अभिशाप नभई बरदान बुझ्नुस्’


    पब्लिक टुडे समाचारदाता
    महोत्तरी, असोज २९ गते ।
    मुख्यमन्त्री बेटी बचाउ बेटी पढाउ कार्यक्रम अन्तर्गत बुधवार महोत्तरीको चारवटा बिद्यालयमा साइकल बितरण कार्यक्रम सम्पन्न भएकोे छ ।

    [custom-facebook-feed]

    मुख्यमन्त्री लालबाबु राउतको उपस्थितिमा चारवटै बिद्यालयमा साइकल बितरण गरिएको हो । महोत्तरी पिपरा गाउँपालिकास्थित श्री मा. वि सहोडबामा कक्षा ८ मा अध्यनरत ३३, राम नारायण अयोध्या मा बि पिपरामा ९५, जलेश्वर न पा को प्रकौली मा बि मा ६८, र एकडारा मा बि मा ७६ छात्राहरुलाई साइकल बितरण गरिएको हो ।

    साइकल बितरण कार्यक्रम लाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले शिक्षाको सम्पुर्ण जिम्मेवारी प्रदेश सरकार मातहत हुनुपर्ने बताएका छन् ।

    संघीय सरकारको शिक्षा नीतिले समग्र शिक्षा क्षेत्र धराशायी हुँदै गएको उल्लेख गर्दै मुख्यमन्त्री राउतले यसको जिम्मेवारी प्रदेश सरकारलाई दिनुपर्ने बताएका हुन् । मुख्यमन्त्री राउतले स्थानीय सरकारलाई जिम्मा दिइएको माध्यमिक तहसम्मको शिक्षामा समेत संघीय सरकारले बखेडा झिकेर समस्या निम्त्याएको आरोप लगाए ।

    उनले प्रदेश सरकार बेटी बचाउ बेटी पढाउ कार्यक्रम मार्फत प्रदेशका महिला हरुमा शैक्षिक क्रान्ति ल्याउने प्रयास गरिरहेको दाबी समेत गरे । मुख्यमन्त्री राउतले छोरीलाई अभिशाप नभई बरदान बुझ्न आग्रह गर्दै छोरी शिक्षित भए मात्र सामाजिक रुपान्तरण सम्भब हुने उल्लेख गरे । उनले आजको आबश्यक्ता प्राबिधिक शिक्षा रहेकोले प्रदेश सरकार प्रदेशलाई प्राबिधिक शिक्षाको हब बनाउने दिशामा अग्रसर रहेकोे प्रतिबद्धता समेत व्यक्त गरे ।

    साईकल बितरण कार्यक्रममा पुर्वमन्त्री एवं समाजबादी पार्टीका केन्द्रिय सदस्य हरिनारायण यादव, केन्द्रिय सदस्य रबिन्द्र ठाकुर, प्रदेश सरकारका समाजिक बिकास राज्यमन्त्री अभिराम शर्मा, आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोज सिह कुशवाहा, समाजबादी पार्टी महोत्तरीका अध्यक्ष नागेन्द्र यादव सहितको उपस्थिति रहेकोे थियोे ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस