• The Public Today
  • राजपा सांसद साहको रिहाईको माग गर्दै सर्लाही बन्द, जनजीवन प्रभावित


    पब्लिक टुडे समाचारदाता
    जनकपुरधाम, असोज ३० गते ।
    जनकपुरस्थित विमानस्थलमा तोडफोड गरेको आरोपमा पक्राउ परेका राजपा सांसद प्रमोद साहको रिहाइको माग गर्दै आज(बिहीबार) सर्लाही बन्द गरिएको छ । बन्दका कारण जनजीवन प्रभावित बनेको हो ।

    [custom-facebook-feed]

    बन्दका कारण बिहानैदेखि लामो तथा छोटो दूरीका सवारीसाधन ठप्प छन् भने निजि तथा सामुदायिक विद्यालय र विभिन्न पसल बजारहरु समेत बन्द छन् । राजपा नेपाल निकट राष्ट्रिय विद्यार्थी सङ्घ सर्लाही जिल्ला संयोजक दिगेश्वर नायकले सांसद साहलाई रिहाई नगरेसम्म आन्दोलन जारी रहने बताए ।

    सर्लाही निर्वाचन क्षेत्र नम्वर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य साहलाई जनकपुर बिमानस्थलमा रहेको बुद्ध एयरको काउन्टरमा तोडफोड गरेपछि प्रहरीले मंगलबार काठमाडौंबाट पक्राउ गरेको थियो ।

    अदालतले साहलाई ४ दिन थुनामा राखेर अनुसन्धान गर्न समेत आदेश दिइसकेको छ ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, राजनीति

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस