• The Public Today
  • सिरहाबाट लागुऔषधसहित दुईजना पक्राउ


    पब्लिक टुडे समाचारदाता
    सिरहा, असोज ३० गते ।
    प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित दुईजनालाई सिरहा प्रहरीले पक्राउ गरेको छ ।

    [custom-facebook-feed]

    सिरहाको गोलबजार नगरपालिका–५ असनपुरबाट लागुऔषध ब्राउन सुगरसहित स्थानीय २४ वर्षीय मुनेशकुमार सिंह र २८ वर्षीय हरिशचन्द्र महतोलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । स्थानीय दुर्गा यादवको कुखुरा फार्ममा लुकाएर प्लाष्टिकको पोकामा तयार पारिएको अवस्थामा दुवैको साथबाट लागुऔषध ब्राउनसुगर ४३० मिलीग्राम बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

    प्रहरीले दुवै जनाले प्रयोग गरेको स ३ प ७६०८ नम्बरको मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ । पक्राउ परेकाहरु उपर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायव उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।


    क्याटेगोरी : अपराध, मुख्य समाचार

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस