• The Public Today
  • जनकपुरमा गृहमन्त्री र पर्यटनमन्त्रीको पुतला दहन (भिडियो सहित)


    पब्लिक टुडे समाचारदाता
    जनकपुरधाम, असोज ३० गते ।
    जनकपुरमा गृहमन्त्री रामबहादुर थापा र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको पुतला दहन गरिएको छ ।

    [custom-facebook-feed]

    राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले आफ्ना सांसद प्रमोद साहलाई झुठा मुद्दामा फसाएको भन्दै संघिय सरकार, प्रहरी प्रशासन र बुद्ध एयर विरुद्ध नारावाजी गर्दै मन्त्रीद्धयको पुतला दहन गरेको हो ।

    जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउण्टर तोडफोड गरेको आरोपमा पक्राउ परेका राजपा सांसद साहको पक्राउको विरोधमा पुर्व निर्धारित कार्यक्रम अनुसार राजपा धनुषाले पुत्ला जलाएको छ । राजपाले शुक्रबार जनपकुरमा जुलुस प्रदर्शन गर्ने र शनिवार धनुषा जिल्ला बन्द गर्ने कार्यक्रमको घोषणा गरेको छ ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, राजनीति, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस