• The Public Today
  • महोत्तरीको बर्दिबासमा खुल्यो रिसोना होटेल


    पब्लिक टुडे समाचारदाता
    बर्दिबास, कार्तिक १ गते ।
    महोत्तरीको बर्दिबासमा दुई कारोंडको लागानी गरि निर्माण गरिएको रिसोना होटेल संचालनमा आएको छ ।

    [custom-facebook-feed]

    बर्दिवासका सफल उद्यमीमा गनिएका बिनोद भण्डारीले बिहीबार बर्दिवासचोकमै सुविधा सम्पन्न होटल सञ्चालनमा ल्याएका हुन् ।

    एक समारोहबीच बर्दिवासका मेयर बिदुरकुमार कार्की र होटल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश २ अध्यक्ष हिरा गौतमले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । लगानी कर्ता भण्डारी बर्दिवासका सफल व्यवसायीमा कहलिन्छन् ।

    बर्दिवासचोकमा आफ्नो पहिले नै निर्मित भवनमा युवा उद्यमी भण्डारीले अहिले आधुनिक सुविधासहितको होटलमा १२ वटा आवासीय कोठा सञ्चालनमा ल्याएका छन् । यसअघि नै होटल ब्यवसायबाटै बर्दिवासका हिरा गौतम, बिष्णु खड्कासहितका दर्जनभन्दा बढी संख्याका युवा उद्यमी आफ्नो ब्यवसायमा मजाले जमी सकेका देखिन्छन् ।

    आफ्नो नयाँ होटल रिसोनाले बर्दिवासमा अतिथिको राम्रो सम्मान दिने र यो ठाउँको परिचय बिस्तारमा सघाउ पु¥याउने युवा उद्यमी बिनोद भण्डारीको भनाइ छ ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस