• The Public Today
  • राजपा सांसद साह साधारण तारेखमा रिहा


    पब्लिक टुडे समाचारदाता
    जनकपुरधाम, कातिक १ गते ।
    जनकपुरस्थित विमानस्थलमा तोडफोड गरेको आरोपमा पक्राउ परेका राजपा सांसद प्रमोद साह साधारण तारेखमा रिहा भएका छन् ।

    [custom-facebook-feed]

    शुक्रबार अदालतमा थुनछेक बहस भए लगतै धनुषा अदालतले साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो । जिल्ला अदालत धनुषाको इजलास नं. ३ का न्यायधिश तेजप्रसाद पौडेलले सांसद साहलाई तारेखमा रिहा गर्न आदेश दिएको हो ।

    गत सोमबार जनकपुर विमान स्थलमा वुद्ध एयरको विमान ढिलो भएको भन्दै काउण्टर तोडफोड गरेपछि सांसद साहलाई मंगलबार काठमाडौं स्थित त्रिभुवन विमान स्थलबाट प्रहरीले पक्राउ गरी जनकपुर ल्याएको थियो ।

    बुधबार जिल्ला अदालत धनुषाले उनलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप गरेको थियो ।


    क्याटेगोरी : मुख्य समाचार, राजनीति, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस