• The Public Today
  • विभेद अन्त नभएसम्म राष्ट्रिय एकता बलियो हुँदैन : मुख्यमन्त्री राउत


    पब्लिक टुडे समाचारदाता
    जनकपुरधाम, कातिक १ गते ।
    प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले राष्ट्रिय एकता बलियो बनाउन मुलुकमा व्याप्त रहेको विभेद अन्त गर्नुपर्ने बताएका छन् ।

    [custom-facebook-feed]

    विवेकशिल नेपाली दलले राष्ट्रिय सम्मेलन २०७६को अवसरमा जनकपुरमा आयोजना गरेको समानुभूति सम्वाद कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले एक भाषा एक भेषको नीति मुलुकको विकासमा ठुलो बाधक रहेको बताए । नाराले मात्र मुलुकलाई समृद्ध बनाउन नसकिने उल्लेख गर्दै उनले त्यसलाई व्यवहारमा लागु गरेर आधारभूत आवश्यकतालाई केन्द्रित गर्दै नीति ल्याउनु पर्ने आवश्यकता औल्याए ।

    उनले भने, मुलुकमा समृद्धि ल्याउनु छ भने विचार र सिद्धान्तले मात्र सम्भव छैन, त्यसलाई व्यवहारमा उतार्नु पर्दछ, तर यहाँका नेतृत्व वर्गमा त्यसको सर्वथा आभाव देखिएको छ । विवेकशिल नेपाली दलले उठाएका मुद्दाहरु समय सापेक्ष रहेको उल्लेख गर्दै उनले त्यसलाई व्यवहारमा लागु गर्न विवेकशिल दलका नेता कार्यकर्ताहरुलाई आग्रह समेत गरे ।

    कार्यक्रममा प्रदेश सभा सदस्य राम अशिष यादव, विवेकशिलका संस्थापक अध्यक्ष उज्वल थापा, नवनिर्वाचित अध्यक्ष मिलन पाण्डे सहितका वक्ताहरुले सम्बोधन गरेका थिए ।


    क्याटेगोरी : राजनीति, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस