• The Public Today
  • सिरहामा तस्करको गोदाममा प्रहरीको छापा


    पब्लिक टुडे समाचारदाता
    सिरहा, कार्तिक ३ गते ।
    सिरहामा तस्करको गोदाममा प्रहरीले छापा मारेको छ ।

    [custom-facebook-feed]

    भगवानपुर गाउँपालिका–४ ठाढी भन्सार नजिकै रहेको तस्करको गोदाममा प्रहरीले छापा मारेको हो । तस्करले भन्सार छलेर ल्याएका सामान थन्क्याएको विशेष सूचनाको आधारमा तस्करले गोदामका लागि भाडामा लिएको घरमा प्रहरीले छापा मार्दा १३ लाख रुपैयाँभन्दा बढी मूल्यका सामान बरामद भएको छ ।

    इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायव उपरीक्षक भेषराज रिजालको कमाण्डमा खटिएको टोलीले घरायसी प्रयोजनका सामग्री, खाद्यपदार्थ, लत्ताकपडा, मोटरपार्टस्, हार्डवेयर, कस्मेटिक्सका गरी करिब साढे १३ लाख मूल्यको सामान बरामद गरेको सिरहाका प्रहरी उपरिक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिए । उनका अनुसार प्रहरीले १३ लाख ३६ हजार पाँचसय ५८ रुपैयाँ ४० पैसा मूल्यका सामान बरामद गरी ठाढी भन्सारलाई बुझाएको छ ।

    सीमा क्षेत्रमा चोरी तस्करी रोक्न प्रहरीले सीमित साधन श्रोत र जनशक्तिको अधिकतम् उपयोग गरी काम गरिरहेको प्रहरी उपरिक्षक चतुर्वेदीले बताए ।


    क्याटेगोरी : मुख्य समाचार, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस