• The Public Today
  • निलम्बित सांसद आलमलाई पुनः ५ दिनको म्याद थप


    पब्लिक टुडे समाचारदाता
    रौतहट, कार्तिक ३ गते ।
      निलम्बित सांसद अफ्ताव आलमलाई दोस्रो पटक ५ दिनको म्याद थप गरिएको छ ।

    [custom-facebook-feed]

    न्यायाधीश चाणकमणि अर्यालको इजलासले थप अनुसन्धानका लागि ५ दिनको म्याद थपेको हो । पछिलो एक सातादेखि प्रहरी नियन्त्रणमा रहेका आलमले बयान दिन नमानेपछि प्रहरीले बयानका लागि थप म्याद मागेको थियो । आलममाथि थप अनुसन्धान गर्नका लागि जिल्ला अदालत रौतहटले ५ दिनको म्याद थप गरेको हो ।

    पीडितको तर्फबाट जिल्ला न्याधिवक्ता फणिन्द्रराज कटुवालले बहस गरेका थिए भने आलमको तर्फबाट करिब १५ जना वकिलले बहस गरेको स्रेस्तेदार गुणराज पराजुलीले बताए  ।

    पहिलो संविधानसभा निर्वाचन २०६४ को पूर्वसन्ध्यामा आलमले बनाउन लागाएको बम पडकिँदा घाइते भएका दर्जन बढी मानिसलाई जिउँदै इँटाभट्टामा जलाएर मारेको आरोप लागेको छ । प्रहरी हिरासतमा रहेका आलमलाई सर्बोच्च अदालतको आदेशमा रौतहट प्रहरीले असोज २७ गते ईदरिस गेटबाट पक्राउ गरेको थियो ।    


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, राजनीति, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस