• The Public Today
  • यौन व्यवसायमा युवतीलाई जबर्जस्ती लगाएको आरोपमा पक्राउ


    पब्लिक समाचारदाता
    महोत्तरी, कार्तिक ४ गते :
    यौन व्यवसायमा महिलालाई जबर्जस्ती लगाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

    [custom-facebook-feed]

    विभिन्न जिल्लाबाट काठमाडौं आएका युवतीलाई काम लगाइदिन्छु भनी विदेशी र स्वदेशी नागरिकसँग जबर्जस्ती यौन सम्पर्क गराई रकम असुल गरेको आरोपमा प्रहरीले सर्लाही भक्तिपुर घर भई काठमाडौंको डल्लु बस्ने टंकबहादुर माझीलाई पक्राउ गरेको हो ।

    आइतबार उनलाई ठमेलबाट ३ जना युवतीलाई डेरातर्फ लगिरहेको अवस्थामा पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए ।

    उनलाई मानव बेचविखन तथा ओसारपसार ऐन अन्तर्गतको कसूरमा अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंबाट म्याद लिइएको प्रहरीले बताएको छ ।


    क्याटेगोरी : अपराध, मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस