• The Public Today
  • प्रधानमन्त्री ओली अजरबैजान प्रस्थान


    काठमाडौं, कार्तिक ७ गते । प्रधानमन्त्री केपी शर्मा ओली अजरबैजान प्रस्थान गरेका छन् ।

    [custom-facebook-feed]

    अजरबैजानको राजधानी बाकुमा आयोजना हुने असंलग्न आन्दोलन (नाम) को १८औं बैठकमा सहभागी हुन बिहीबार त्यसतर्फ प्रस्थान गरेका हुन्। बैठक शुक्रबार र शनिबार हुँदैछ। बिहीबार प्रधानमन्त्रीसँगै उनकी श्रीमती राधिका शाक्य, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार राजन भट्टराई पनि अजरबैजान गएका छन्।

    प्रधानमन्त्री ओलीले बैठकलाई शनिबार सम्बोधन गर्ने कार्यक्रम रहेको छ। अजरबैजानका राष्ट्रपति इल्हाम अलियभले शुक्रबार बाकुमा आयोजना गर्ने रात्रीमा पनि प्रधानमन्त्री ओली सहभागी हुने परराष्ट्रले जनाएको छ।

    बैठकको साइडलाइनमा प्रधानमन्त्रीले विभिन्न देशका डेलिगेसन प्रमुखसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम पनि रहेको छ। ओली आइतबार काठमाडौं आइपुग्ने कार्यक्रम रहेको छ।


    क्याटेगोरी : मुख्य समाचार, राजनीति, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस