• The Public Today
  • बर्दिबास सहकारीमा ८ करोड बचत


    पब्लिक टुडे समाचारदाता
    बर्दिवास, कार्तिक ८ गते ।
    बर्दिबास बचत तथा ऋण सहकारी आठौं बर्षमा पुगेको छ । “हाम्रो अभियान, तपाईको आर्थिक उत्थान” भन्ने मुल नाराका साथ ३०, चैत्र २०६७ मा “बर्दिवास बचत तथा ऋण सहकारी संस्था लिमिटेड” को स्थापना भएको थियो ।

    [custom-facebook-feed]

    सहकारीले गत आर्थिक बर्षमा १ करोड ८६ लाख ८७ हजार एक सय शेयर रकम पु¥याउन सफल भएको छ । ८ करोंड ५६ लाख ९७ हजार ६सय ८ रपैंया बचत गरेका छन् । आर्थिक उत्थानको लागि ९ करोंड ५२ लाख ५५ हजार एक स ७० रुपैंया सहकारीले आफ्ना सदस्यहरुमा ऋण लगानी गरेको सहकारी अध्यक्ष शंकर कुमार श्रेष्ठ बताउँछन् । सहकारीले गत आर्थिक बर्षमा सहकारीले २५ लाख ३३ हजार ८ सय ४९ रुपैंया नाफा कमाएको छ ।

    त्यसैगरि कूल आय १ करोंड ९४ लाख ७८ हजार चार सय ५९ रुपैया छ । कूल व्यय रकम : १ करोंड ६९ लाख ४४ हजार ६ सय १० रुपैंया कूल व्यय रहेको जनाएको सहकारीले जग्गा किने भवन बनाएर कार्यालय संचालनमा छ ।

    प्रतिष्ठित ब्यापारी, समाजसेवी, बैंकमा ३० वर्षे लामो अनुभव आर्जन गरी अवकाश प्राप्त कर्मचारीहरु तथा हाल कार्यरत कर्मचारीका परिवार, सरकारी निकायमा लामो समय सम्म काम गरि अवकास लिएका व्यक्तित्वहरु र अन्य विभिन्न पेशा÷व्यवसायमा संलग्न व्यक्तिहरुको संलग्नतामा बर्दिबास बचत तथा ऋण सहकारी संस्था खोलिएको थियो ।

    ग्रामिण क्षेत्रको जनतामा रहेको फजुल खर्च गर्ने परिपाटीमा सुधार ल्याउन जनचेतना जागरण गराई मितव्ययी बनाउन, छरिएर रहेको पूँजीलाई उच्चतम् प्रतिफल पाउने गरी ग्राहकहरुबाट संकलन गरि पूँजी सुरक्षित गर्ने र स्थानीय आवश्यकताको परिचालन गरी सदस्यहरुको आर्थिक, सामाजिक तथा सांस्कृतिक अवस्थामा सुधार ल्याउन सहकारी अघि बढेको दावी गरिएको छ ।

    बर्दिवास बचत तथा ऋण सहकारी संस्थाको कार्यक्षेत्र बर्दिवास, गौरीवास, माईस्थान, हात्तिलेट र विजलपुरा रहेको छ । सहकारीमा ७४७ महिला र ९१४ पुरुष गरि एक हजार ६ सय ६१ जना सदस्यहरु छन् । रक्तदान, सफाई, सर्प दंश भवन निर्माणमा सहयोग, सरकारी विद्यालयका छात्रछात्राहरु छात्रवृत्ति प्रदान गर्दै सामाजिक कार्यमा सहकारीले हात बढाएको छ । वृद्धवृद्धा तिर्थाटन गराउदै आएको छ ।

    ‘विगतमा सहकारीलाई थोरै पूँजी भएका र सीमित व्यक्तिहरु मिलेर सञ्चालन गरिने सानो व्यवसायको रुपमा बुझिन्थ्यो । आज सहकारी वृहत् व्यवसाय तथा देशको राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड बन्दै गएको छ ।

    यद्दपि सहकारी क्षेत्रमा अवसर र चुनौतिहरु थपिएका छन्,’ सहकारी अध्यक्ष शंकर कुमार श्रेष्ठले भने,‘ चुनौतिसँगसँगै सहकारीहरुले अझ बढी जनमुखी, सेवामुखी हुँदै सीमान्तकृत वर्गाको उत्थानमा लक्षित कार्य गर्नुपर्ने आजको आवश्यकता हो । राज्यले सहकारी मूल्य, मान्यता र सिद्धान्तको आधारमा सदस्य केन्द्रीत भएर व्यवसायिक योजनाका साथ सहकारी सञ्चालन गर्ने वातावरण बनाइदिने हो भने अर्थतन्त्रको महत्वपूर्ण आधार हुने सहकारीहरुले विगतमा गरेको आर्थिक क्रियाकलापले सावित गर्दै आएको छ । ’


    क्याटेगोरी : अर्थ, मुख्य समाचार

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस