• The Public Today
  • आर्सनलको रोचक जित


    एजेन्सी : इङ्लिस क्लब आर्सनलले युरोपा लिग फुटबलमा रोचक जित निकालेको छ ।

    [custom-facebook-feed]

    समूह ‘एफ’ अन्तर्गत घरेलु मैदानमा बिहिबार राति भएको खेलमा आर्सनलले पोर्चुगिज क्लब भिटोरिया डे गुईमारेसलाई ३–२ गोलले हरायो । आर्सनलको जितमा निकोलस पेपेले र गाब्रियल मार्टिनेलीले एक गोल गरे । भिटोरियाका लागि मार्कुस इडवार्ड र ब्रुनो डुअरटेले गोल गरे ।

    खेलमा सुरुवाती अग्रता भिटोरियाले लिएको थियो । आठौं मिनेटमा मार्कुसले गोल गर्दै भिटोरियालाई अगाडी बढाए । ३२औं मिनेटमा आर्सनलका गाब्रियलले बराबरी गोल फर्काए । ३६औं मिनेटमा ब्रुनोले गोल गर्दै भिटोरियालाई पुनः अग्रता दिलाए । पहिलो हाफमा पछि परेको आर्सनलले दोस्रो हाफमा दुई गोल गरेको थियो । पेपेले ८०औं र इन्जुरी समयमा लगातार दुई गोल गर्दै आर्सनलको जित पक्का बनाए ।

    जितसँगै तीन खेलबाट नौ अंक बनाएको आर्सनल समूहको शीर्ष स्थानमा छ । अंकविहिन भिटोरिया अन्तिममा छ । यही समूहको अर्को खेलमा फ्रान्कफर्टले स्टान्डर्ड लिगलाई २–१ गोलले हराएको छ । दोस्रो स्थानमा रहेको फ्रान्कफर्टको ६ अंक छ । तीन अंक बनाएको स्टान्डर्ड लिग तेस्रो स्थानमा छ ।


    क्याटेगोरी : खेलकुद

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस