• The Public Today
  • धनुषामा यात्रुवाहक बस दुर्घटना, दर्जनौं यात्रु घाइते


    पब्लिक टुडे समाचारदाता
    ढल्केवर, कार्तिक ८ गते ।
    धनुषामा यात्रुवाहक बस दुर्घटना भएको छ ।

    [custom-facebook-feed]

    धनुषाको मिथिला नगरपालिका ढल्केवरस्थित रहेको रमण पेट्रोल पम्प नजिकै तीव्र गतिमा रहेको एक यात्रुवाहक बस पल्टिँदा दर्जन बढी यात्रु घाईते भएका छन् ।

    नारायणघाटदेखि पूर्व काँडकभिट्टा जाँदै गरेको ना १ ख ६७२२ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा डेढ दर्जन बढी यात्रु घाईते भएको प्रहरीले जनाएको छ । तीव्र गतिमा रहेको उक्त यात्रुवाहक बस अनियन्त्रीत भएर दुर्घटना हुन पुगेको स्थानीय प्रत्यक्षदर्शीले बताए ।

    दुर्घटनामा करिब १६ जना घाईते भएको र उनीहरुको उपचार नजिकै रहेको लालगढस्थित मोडेल हस्पिटलमा भईरहेको जनाइएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस