• The Public Today
  • नेपालमा थप १७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २०८ पुग्यो


    काठमाडौं, वैशाख ३० गते । नेपालमा आज (मंगलबार) थप १७ जनामा कोरोना पुष्टि भएको छ।

    राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा मंगलबार थप १७ मा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका एक अधिकारीले बताए।

    परीक्षणका लागि ल्याइएका ती स्वाब (नमूना)हरु प्रदेश २ र प्रदेश ५ बाट संकलन गरिएकाे हाे। आज यसअघि ५७ जनामा पुष्टि भएको थियो।

    नेपालमा हालसम्म कोरोना संक्रमण पुष्टि हुनेकाे संख्या २०८ जना पुगेकाे छ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस