• The Public Today
  • नेपालमा एकैदिन ८३ संक्रमित थपिए, संक्रमितको संख्या २१७ पुग्यो


    काठमाडौं, वैशाख ३० गते । नेपालमा कोरोना संक्रमितको संख्या २ सय १७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मंगलबार मात्रै ८३ जना संक्रमित फेला परेका छन्।

    काठमाडौँ र भक्तपुरमा पनि संक्रमित फेला परेका छन्।

    राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँमा गरिएको परीक्षण अनुसार पछिल्लो पटक २६ संक्रमित फेला परेका हुन्। यसअघि मंगलबार नै ५७ जनामा संक्रमण पुष्टि भइसकेको छ।

    पछिल्लो पटक पर्साका १८, धनुषाका दुई, भक्तपुरका २, काठमाडौँ र सर्लाही एकएक जना संक्रमित फेला परेका हुन्।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस