• The Public Today
  • कोरोनाबाट प्रभावित देशको सूचीमा रुस दोस्रो स्थानमा


    वैशाख ३१ गते : रुसमा कोरोना संक्रमितको संख्या २ लाख ३२ हजारभन्दा बढी पुगेको छ । यससँगै रुस कोरोनाबाट सबैभन्दा बढी प्रभावित देशहरुको सूचीको दोस्रो स्थानमा पुगेको छ । पहिलो स्थानमा अमेरिका छ ।

    लगातार दसौं दिन रुसमा नयाँ संक्रमित १० हजारभन्दा धेरैले थपिएका छन् । गत २४ घण्टामा १० हजार ८ सय ९९ नयाँ संक्रमित थपिएका छन् । यससँगै रुसमा कूल संक्रमितको संख्या २ लाख ३२ हजार २ सय ४३ पुगेको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांक छ ।

    यद्यपि रुसमा हालसम्म २ हजार १ सय १६ जनाको मात्र मृत्यु भएको छ । स्थानीय मिडिया रिपोर्टस्का अनुसार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोवमा पनि कोरोना पोजेटिभ छ ।

    संक्रमितको संख्या बढिरहेको बेला पुटिन सरकारले मंगलबारदेखि लकडाउन खुकुलो बनाएको छ । कारखाना, कन्स्ट्रक्सन साइटमा अनुमति पाएपछि धेरै ठाउँमा काम पनि सुरु भइसकेको छ । एजेन्सी


    क्याटेगोरी : मुख्य समाचार, विदेश

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस