• The Public Today
  • प्रिमियर लिग सुरु गर्ने योजनाः मैदानमा पनि डिस्इन्फेक्ट गर्नु पर्ने


    वैशाख ३१ गते : कोरोना भाइरसको महामारीका कारण रोकिएको इंग्लिस प्रिमियर लिग फुटबलको यो सिजनका बाँकी खेलहरु सुरु गर्ने प्रक्रियाको पहिलो चरण आउँदो सोमबारदेखि थालनी हुने अपेक्षा प्रशिक्षकहरुको छ ।

    त्यसका लागि प्रोजेक्स रिस्टार्टले पहिलो चरणको टिम प्रशिक्षणमा पाँच भन्दा बढी खेलाडी सामेल हुन नपाउने, मैदानलाई डिस्इन्फेक्ट गर्नेसहितका योजना ल्याइएको छ ।

    रंगशालामा प्रशिक्षणदेखि सबै प्रक्रियामा सामाजिक दूरी अनिवार्य रुपमा पालना गरिने गरी योजना बनाइएको छ । खेल सुरु गर्ने सम्बन्धी आधिकारिक प्रोटोकल मंगलबार खेलाडी तथा प्रशिक्षकलाई पठाइएको थियो ।

    कर्नरको झण्डा, बल, कोन्स, गोलपोस्ट तथा मैदान डिस्इन्फेक्ट गर्ने यो प्रोटोकलमा उल्लेख छ।

    रहेक दिन प्रशिक्षण पूर्व खेलाडीसहितलाई स्वास्थ्य सम्बन्धी विस्तृत विवरण भर्न लगाइने र तापक्रम मापन गरिने छ।

    यस्तै हरेक दुई हप्तामा कोभिड–१९ को परीक्षण हुने छ । प्रिमियर लिगका खेलहरु गएको मार्च १३ देखि रोकिएका छन् । लिगका ९२ खेल हुन बाँकी छ । एजेन्सी


    क्याटेगोरी : खेलकुद, मुख्य समाचार

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस