• The Public Today
  • धनुषा र महोत्तरीका चारै संक्रमितलाई जनकपुर ल्याइदै, संक्रमित क्षेत्र सिल गर्ने तयारी


    जनकपुरधाम, बैशाख ३१ गते : धनुषा र महोत्तरीमा मंगलबार भेटिएका ४ जना कोरोना संक्रमितलाई उपचारका लागि कोरोना विशेष अस्पताल जनकपुर ल्याउन लागिएको छ ।

    चारैजनालाई उपचारको लागि जनकपुरमा निर्माण गरेको कोरोना विशेष अस्पतालमा ल्याउने तयारी भइरहेको प्रादेशिक अस्पताल जनकपुरका निमित मेडिकल सुपरिटेन्डेन्ट डा. जामुन सिंहले जानकारी दिए ।

    धनुषाको मिथिला नगरपालिका १० लालगढकी २०वर्षीया युवती र जनकपुरधाम उपमहानगरपालिकाका ४० वर्षीय पुरुषमा कोरोना भेटिएको छ ।

    यस्तै महोत्तरीको महोत्तरी गाउँपालिका ३ डामीका ३५ वर्षीय पुरुष, स्थानीय १६ वर्षीय किशोर छन् । महोत्तरीका ३५ वर्षीय पुरुष जनकपुरधाममा बस्दै आएका छन् भने १६ वर्षीय किशोर जलेश्वर बस्दै आएको बुझिएको छ ।

    संक्रमित भेटिएका क्षेत्रहरुलाई सिल गर्ने तथा कन्ट्याक्ट ट्रेसिंगको काम गर्ने विषयमा अहिले जिल्ला प्रशासन कार्यालय धनुषाका अकास्मिक बैठक बसेको छ ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, विचार, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस