• The Public Today
  • साउदीमा ६७४ नेपालीमा कोरोना सङ्क्रमण


    काठमाडौं, बैशाख ३१ गते । नेपालको प्रमुख श्रम गन्तव्य मुलुक साउदी अरेबियामा ६७४ नेपालीमा कोभिड–१९ को सङ्क्रमण देखिएको छ ।

    साउदी स्वास्थ्य मन्त्रालय र विदेश मन्त्रालयका अनुसार साउदीको पूर्वी क्षेत्रमा ३३६, पश्चिम क्षेत्रमा १४८, रियादमा क्षेत्रमा १७५, कसिम र हायल क्षेत्रमा तीन/तीन तथा अन्य स्थानमा नौ नेपालीमा सङ्क्रमण देखिएको छ ।

    साउदीको पूर्व क्षेत्रमा नेपाली श्रमिकको बाक्लो उपस्थिति रहेको छ ।

    सङ्क्रमितमध्ये कैयौँ निको भई काममा फर्किसकेको रियादस्थित नेपाली दूतावासले जनाएको छ । सङ्क्रमितमध्ये एक जनाको मृत्यु भएको साउदी सरकारले पुष्टि गरेको छ ।

    साउदीमा कोरोना सङ्क्रमितको सङ्ख्या ४२ हजार ९२५ पुगेको छ । सङ्क्रमितमध्ये हालसम्म १५ हजार २५७  निको भएका छन् । हालसम्म २६४ सङ्क्रमितको मृत्यु भएको छ । -रासस


    क्याटेगोरी : मुख्य समाचार, विदेश

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस