• The Public Today
  • जनकपुरका एक पत्रकारमा कोरोना पुष्टि


    जनकपुरधाम, बैशाख ३१ गते । जनकपुरमा एक पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको छ ।

    धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले ४० वर्षीय पत्रकारमा कोरोना संक्रमण देखिएको पुष्टि गरे ।

    उनले भने, “उहाँको कन्ट्याक्ट ट्रेसिङ सुरु गर्छौं । हिजो राति ११ बजेतिर उहाँमा कोरोना पोजेटिभ रहेको रिपोर्ट आएको हो ।”

    यसअघि हिजो मात्रै वीरगन्जमा दुई पत्रकारमा संक्रमण पुष्टि भएको थियो ।


    क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस