• The Public Today
  • थप एक जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २१८ पुग्यो


    काठमाडौं, वैशाख ३१ गते । नेपालमा बुधबार थप एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा एक जनामा कोरोना पुष्टी भएको हो।

    बाँकेको नेपालगञ्ज–८ निवासी ३६ वर्षीय एक पुरुषमा कोरोना संक्रमण पुष्टी भएको मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिए। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१८ पुगेको छ ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस