• The Public Today
  • पीके अभिनेता साईको निधन


    मुम्बई, वैशाख ३१ गते : आमिर खानको मुख्य भूमिका रहेको चलचित्र ‘पीके’ का अभिनय गरेका साई गुंडेवारको निधन भएको छ । ४२ वर्षीय साईको मंगलबार अमेरिकामा निधन भएको हो ।

    ब्रेन क्यानसरको उपचारका लागि गत वर्ष अमेरिका गएका उनको उतै मृत्यु भएको हो । चलचित्र ‘पीके’ का साथै उनले सैफ अलि खानको ‘बाजार’ र ‘रक अन’, सलमानको ‘युवराज’ लगायतका बलिउड चलचित्रमा पनि अभिनय गरेका छन् ।

    एमटीभीबाट प्रसारण हुने चर्चित रियालिटी सोमध्ये एक ‘स्प्रिल्टसभिल्ला’बाट चर्चामा आएका उनले हिन्दी भर्जनका थुप्रै अमेरिकन रियालिटी सोमा पनि भाग लिएका छन् । उनलाई श्रद्धाञ्जलि दिँदै महाराष्ट्रका गृहमन्त्री अनिल देशमुखले उनको निधनले भारतीय चलचित्र क्षेत्रले एक प्रतिभाशाली कलाकारलाई गुमाएको बताएका छन् । (नवभारत टाइम्स)


    क्याटेगोरी : मनोरंजन, मुख्य समाचार

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस