• The Public Today
  • अरबपति म्युजिसियनको सूचीमा रिहाना


    ब्रिटेन, वैशाख ३१ गते : हाल लन्डनमा बस्दै आएकी बारबेडियन पप गायिका रिहाना लन्डनको द सन्डे टाइम्सले सार्वजनिक गरेको ब्रिटेनका अरबपति म्युजिसियनको सूचीको टप स्थानमा पर्न सफल भएकी छन् ।

    गायक सर्ज एल्टन जोन र मिक ज्यागरलाई उछिन्दै ४६८ युरो मिलियनसहित उनी ब्रिटेनका अरबपति म्युजिसियनहरूको तेस्रो स्थानमा पर्न सफल भएकी हुन् ।

    यो लिस्टको पहिलो स्थानमा ८०० युरो मिलियनसहित एन्ड्रयु लोयड वेबर र पल म्याककार्टनी पहिलो स्थानमा छन् ।

    गायिका, नायिका, लेखक तथा व्यवसायी रिहानाको कमाईको धेरै प्रतिशत ‘फेन्टी ब्युटी’ नामक कसमेटिक ब्रान्डबाट हो । उक्त ब्रान्डमा भएको उनको १५ प्रतिशत हिस्सा ३५१ मिलियन युरो रहेको बताइएको हो ।

    सन्डे टाइम्सको वार्षिक अरबपतिको लिस्ट तयार पार्ने रोबर्टले रिहानाको यो स्थानले सबैलाई अच्चमित बनाएको बताए ।

    उनले भने, “रिहाना लन्डनमा बस्छिन् भन्ने कुरा कमैलाई थाहा छ । अब उनी युकेका अरबपति म्युजिसियनको पहिलो स्थानमा पर्न सक्छिन् ।”

    ३२ वर्षीय गायिका रिहाना ब्रिटेनका अरबपति म्युजिसियनको लिस्टमा पर्ने युवा गायिका हुन् ।

    उनीपछि यस लिस्टपभित्र पर्ने युवा म्युजिसियनहरूमा गायक एडी सिरन र र गायिका एडेल पनि टप ४० अन्तर्गत छन् ।

    अरबपति म्युजिसियनको लिस्टमा पर्न सफल भए पनि उनले विगत ५ वर्षदेखि कुनै नयाँ एल्बम बजारमा ल्याएकी छैनन् ।

    ब्युटि ब्रान्डका कारण यस लिस्टको तेस्रो स्थान ओगटन सफल उनी पछिल्लो समय यसमै सक्रिय छन् । बीबीसी


    क्याटेगोरी : मुख्य समाचार, विदेश

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस