• The Public Today
  • थप २ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २४५ पुग्यो


    काठमाडौं, जेठ १ गते । नेपालमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज विहान जारी गरेको विज्ञप्तिमा जनाएअनुसार काठमाडौं चन्द्रागिरीका ३२ बर्षीय पुरुष  र कपिलवस्तुकी ६ वर्षीया बालिका छन् । यो सँगै नेपालमा संक्रमितको संख्या २४५ पुगेको छ ।

    यसअघि बुधबार बेलुकी स्वास्थ्य तथा जनस्वास्थ्य मन्त्रालयका अनुसार रुपन्देहीमा १२, कपिलवस्तुमा ८, पर्सामा ३ र नवलपरासीका एक जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

    संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु चिकित्सककै सम्पर्कमा रहेका छन्।


    क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस