• The Public Today
  • हामफालेर भागेका दुवै कोरोना संक्रमित पक्राउ


    जेठ १ गते : पर्साको वीरगन्जस्थित नारायणी अस्पतालबाट भागेका दुवै कोरोना संक्रमित नियन्त्रणमा लिएको छ ।

    अस्पतालको आइसोलेसन वार्डबाट फरार दुईमध्ये एक जनालाई वीरगन्ज महानगरपालिकाको पश्चिममा पर्ने तिलावे नदीको पुल नजिकबाट नियन्त्रणमा लिएको हो।

    उनलाई तिलावे पुल कटेर पश्चिम जाँदै गरेको अवस्थामा बुधबार साँझ नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ।

    यस्तै अर्का संक्रमितलाई वीरगन्जकै खाली रहेकाे श्रीराम सिनेमा हलमा बिहानै फेला पारिएको प्रहरीले जनाएको छ।

    नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदन कुमार उपाध्यायका अनुसार बुधबार दिउँसो करिब ४ बजेको समयमा शौचालयको भेन्टिलेसन भाँचेर दुईजना भागेका थिए । फरार भएका दुबैजनामा मंगलबार कोभिड १९ संक्रमण पुष्टि भएको थियो । अस्पताल स्रोतका अनुसार अस्पतालको सर्जिकल वार्डमा बनाइएको आइसोलेसन वार्डको शौचालयबाट दुबै संक्रमित फरार भएका हुन् ।


    क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस