• The Public Today
  • अमेरिकाको आरोप–चीनले कोरोना अनुसन्धानको डाटा चोर्ने प्रयास गर्दैछ


    जेठ १ गते : कोरोना भाइरसको खोप सम्बन्धी आफूले गरिरहेको अनुसन्धानको डाटा चीनले चोर्ने प्रयास गरिरहेको अमेरिकाले बताएको छ । अमेरिकी सुरक्षा एजेन्सी होमल्याण्ड सुरक्षा विभाग र एफबीआईले बुधबार एक विज्ञप्ति जारी गर्दै चीनले अमेरिकामा कोरोना भाइरस खोप सम्बन्धी भइरहेको अनुसन्धानको डाटा चोरी गर्न खोजिरहेको बताएका हुन् ।

    विज्ञप्तिमा भनिएको छ– चीनले कोरोना सम्बन्धी अमेरिकी अनुसन्धान संस्थानहरूमा भइरहेको अनुसन्धानसँग सम्बन्धित डाटा चोरी गर्न खोजेको छ । अमेरिकाले भनेको छ । यो गम्भीर खतरा हो ।

    एफबीआई र डीएचएसको साइबर आर्म सीआईएसएले भनेका छन्, “चीनको आँखा अमेरिकामा रहेको संस्थाको तथ्यांकमा रहेको छ जसले कोरोना भाइरस सम्बन्धी अनुसन्धान गरिरहेका छन् । कोविड– १९ स्वास्थ्य र औषधि, अनुसन्धान र अनुसन्धान क्षेत्रमा दिनरात काम गर्दैछन्, तर उनीहरूलाई थाहा हुनुपर्दछ चीनले यी अनुसन्धानहरूमा आँखा लगाइरहेको छ र साइबर आक्रमणबाट यसलाई चोरी गर्न सक्छ ।”

    अमेरिकाले सुरु देखि नै चीनले कोरोना भाइरस महामारीको फाइदा लिन खोजिरहेको र कोविड–१९ बारे गरिएको अनुसन्धानमा साइबर जासूसी गर्न खोजिरहेको छ आरोप लगाउँदै आएको छ । यद्यपि अमेरिकाले यस सम्बन्धमा कुनै प्रमाण भने दिन सकेको छैन बीबीसीले भनेको छ ।

    बुधवार अमेरिकाले जारी गरेको चेतावनी पछि दुई देशबीचको सम्बन्धमा पुनः कटुुता थपिएको छ । ट्रम्प प्रशासनले पहिले नै चीनलाई कोरोना भाइरस प्रकरणमा सूचना लुकाएको आरोप लगाउँदै पारदर्शी नरहेको बताउँदै आएको छ । एजेन्सी


    क्याटेगोरी : मुख्य समाचार, विदेश

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस