• The Public Today
  • थप एक जनामा कोराना पुष्टि, संक्रमितको संख्या २ सय ४६


    काठमाडौं, जेठ १ गते । नेपालमा थप एकजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    भरतपुर अस्पताल कोडिभ १९ को प्रयोगशालामा गरिएको परीक्षणमा नवलपरासीको देवचुली नगरपालिका १२ का ४९ वर्षीय पुरुषमा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.समिकुमार अधिकारीका अनुसार, उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ। स्वास्थ्यकर्मीले निगरानी गररहेको जनाएको छ।

    यससँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई सय ४६ पुगेको छ। अहिलेसम्म ३५ जना निको भएर घर फर्केका छन्।

    Image may contain: text


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस