• The Public Today
  • शहिदनगरमा लकडाउनमा कडाई, स्वास्थ्य बाहेक सबै सेवा बन्द गर्ने निर्णय


    जनकपुरधाम, जेठ १ गते । प्रदेश २ मा तिव्रगतिमा बढ्दै गएको कोरोना संक्रमणलाई मध्यनजर गर्दै धनुषाको शहिदनगर नगरपालिकामा लकडाउनमा कडाई गरेको छ ।

    बुधवार बसेको कार्यपालिका बैठकले नगरपालिकाभित्र जेठ ५ गते सम्म स्वास्थ्य सेवा वाहेक सवै सेवा र कामकारवाही बन्द गर्ने निर्णय गरेको हो ।

    नगरप्रमुख उदयकुमार बरबरियाले एक विज्ञप्ती जारी गर्दै कोरोना जोखिमबाट बाच्नका लागि कडाइका साथ बन्दाबन्दीको पालना गर्नुपर्ने अति आवश्यक भएकाले नगरपालिकाका स्वास्थ्य सेवा बाहेक सम्पूर्ण कार्यालय बिहीबारदेखि जेठ ५ गतेसम्मका लागि बन्द गरेको जानकारी गराएका छन् ।


    क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस