• The Public Today
  • ‘पीसीआर’ परीक्षणको दायरा बढाउन सरकारलाई सर्वोच्चको आदेश


    काठमाडौं, जेठ १ गते । सर्वोच्च अदालतले कोभिड-१९ महामारी नियन्त्रण गरी आम नागरिकको जीवन रक्षा गर्न तत्कालै पीसीआर परीक्षणको दायरा बढाउन सरकारलाई आदेश दिएको छ।

    न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले पीसीआर परीक्षणको दायरा बढाउन र त्यसको अभाव हुन नदिन भनेको हो । अधिवक्ता कमलबहादुर खत्रीसहितले दायर गरेको रिट निवेदनमाथि बिहीबार सुनुवाई गर्दै अदालतले सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ ।

    कोभिड-१९ सँग सम्बन्धित रिट लिएर गएका निवेदकले अन्तरिम आदेशको माग गरे पनि अदालतले विपक्षीलाई १५ दिनभित्र लिखित जवाफ सहित उपस्थित हुन भनेको छ ।


    क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस