• The Public Today
  • रुसमा कोरोना संक्रमितको संख्या दुई लाख ५० हजारभन्दा बढी


    एजेन्सी : रुसमा नोभेल कोरोना भाइरस संक्रमितको संख्या दुई लाख ५० हजारभन्दा बढी पुगेको छ ।

    कोरोना संक्रमणको हिसाबमा दोस्रो नम्बरमा रहेको रुसमा हालसम्म कोरोना संक्रमितको संख्या दुई लाख ५२ हजार २४५ पुगेको छ । पछिल्‍लो २४ घण्टामा रुसमा कोरोना संक्रमितको संख्यामा केही कमी आएको छ । बिहीबार रुसमा ९ हजार ९७४ कोरोना संक्रमित फेला परेका छन् ।

    गत आइतबारदेखि बुधबारसम्म रुसमा लगातार दैनिक १० हजारभन्दा बढी कोरोना संक्रमित फेला परेका थिए । पछिल्लो २४ घण्टामा रुसमा ९३ कोरोना संक्रमितको मृत्यु भएको छ । बुधबार ९६ कोरोना संक्रमितको मृत्यु भएको थियो ।

    रुसमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई हजार ३०५ पुगेको छ ।

    रुसमा सबैभन्दा बढी प्रभावित राजधानी मस्को बनेको छ । रुसी राष्ट्रपति भलाद्‍मिर पुटिनले यसअघि कोरोना परीक्षणको दायरा फराकिलो भएकोले कोरोना संक्रमित धेरै देखिएका र मृत्युदर कम भएको बताएका थिए । –अलजजिरा 


    क्याटेगोरी : मुख्य समाचार, विदेश

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस