• The Public Today
  • ज्यान मार्ने धम्कीका कारण टैबुले देश छोडको थिए


    जेठ १ गते : तातेन्दा टैबुले १८ वर्षको उमेरका जिम्बाब्बेको टेस्ट क्रिकेटमा डेब्यु गरेका थिए । उनलाई १९ वर्षको उमेरमा टोलीको उपकप्तान बनाइएको थियो । त्यसपछि २० वर्ष ३५८ दिनको उमेरमा उनले जिम्बाब्बेको कप्तानी सम्हाल्ने अवसर पाए । विकेटकिपर ब्याट्सम्यान टैबु टेस्ट क्रिकेट इतिहासका सबैभन्दा कान्छा युवा कप्तान बनेका थिए ।

    उनको यो रेकर्ड करिब १५ वर्षसम्म रहेको थियो । तर, गत वर्ष अफगानिस्तानका क्रिकेटर रासिद खानले २० वर्ष ३५० दिनमा टेस्टको कप्तानी गर्दै उक्त कीर्तिमान आफ्नो नाममा गरेका थिए ।

    १८ महिनामा कप्तानी छोडे

    अप्रिल २००४ मा जिम्बाब्बे क्रिकेट बोर्डमा भएको उथल–पुथलका कारण टैबुले १८ महिना नबित्दै टेस्ट क्रिकेटको कप्तानीबाट राजीनामा दिएका थिए । उनले घम्कीका कारण कप्तानीबाट राजीनामा दिएका थिए । यतिमात्र होइने उनले देशै छोडेर जानु परेको थियो । सन् २००७ जिम्बाब्बे र्फेकेका उनले त्यसपछि सोही वर्षको मध्यतिर पुनः जिम्बाब्बेको राष्ट्रिय टिममा समावेश भएका थिए ।

    टैबुले सन् २०१२ मा २९ वर्षको उमेरमा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए । उनले २८ टेस्ट खेल्दा एक हजार ५४६ रन जोडेका थिए । उनले १५० एकदिवसीयमा तीन हजार ३९३ रन जोड्दा १७ टी–ट्वान्टी खेल खेलेका थिए ।

    टैबुले किन छोड्नु पर्‍यो देश ?

    टेस्ट इतिहासमा सबैभन्दा युवा कप्तानको कीर्तिमान बनाएका टैबुले, उक्त समय जिम्बाब्बेका राष्ट्रपति रोबर्ट मुगाबेको नीतिविरुद्ध आवाज उठेका थिए । राष्ट्रपतिको नीतिविरुद्ध उत्रिएको भन्दै उनका कार्यकर्ताले टैबुको परिवारलाई अपहरण गर्ने प्रसार गरेको थियो । उनलाई ज्यानमार्ने धम्की समेत दिइएको थियो । यसै कारण उनले आफ्नो र परिवारको ज्यान जोगाउन देश छोडेर भागेका थिए ।

    उनलाई २००५ मा राष्ट्रपति मुगाबेको सरकारका एक मन्त्रीले कार्यालयमै बोलाएका थिए । उक्त समय उनले आफ्ना खेलाडीलाई समयमै आर्थिक भुक्तानी नगरेको भन्दै विरोध गरेका थिए । उनले खेलाडीप्रति सरकारले उचित व्यवहार नगरेको आरोप लगाएका थिए । त्यसपछि उनले रिसको झोकमा कप्तानीबाट राजीनामा दिँदै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका थिए ।

    यसभन्दा दुई वर्ष अगाडि जिम्बाब्बेका पूर्व कप्तान एन्डी फ्लावर र तिब्र गतिका बलर हेनरी ओलङ्गाले देश छोड्दै भाग्नका लागि बाध्य पारिएको थियो । एन्डी र हेनरीले सन्
    २००३ को विश्वकपमा दौरान राष्ट्रपति मुगाबेको शासनकालमा लोकतन्त्रको विरोध गर्दै कालो पट्टी बाँधेर खेलेका थिए ।

    सरकारविरुद्ध उनी एक्ला थिए

    एन्डी र हेनरी प्रशासनको भ्रष्टाचारको संयुक्त विरोधमा थिए भने टैबु एक्ला थिए । उनी मन्त्रीले कार्यालयमै बोलाउँदा समेत एक्लै पुगेका थिए । उनले एक अन्तर्वार्तामा भनेका थिए, “म जे कुरा मन्त्रीलाई भन्न चाहन्थें, उनले मलाई ध्यानै दिएनन् ।

    उनी दराज नजिक गए र एक पत्र टिप्दै मेरो टेबलमा फालिदिए,” टैबुले भेन, “मेरो दिमाक दौडिरहेको थियो । मैले सोच्न सुरु गरें । जस्तो कि फिल्ममा हुन्छ । उनले केही नबोल्दै मतिर किन पत्र फाले ? पत्रमा के थियो ? के उनी मलाई किन्न खोजिरहेका थिए । मेरो दिमागमा धेरै प्रश्नहरू उठ्न थाले ।”

    उनले थपे, “पत्र खोलें । पत्रमा एक तस्बिर थियो । तस्बिर एक मृत व्यक्तिको थियो । मलाई झट्का लाग्यो । किनकि मलाई यसको आशा थिएन । मैले उक्त तस्बिरलाई छोप्दै अर्को तस्बिर हेरें । त्यो पनि त्यस्तै थियो । सबै तस्बिर मृत व्यक्तिका थिए । यसको मतलब उनीहरू मलाई चेतावनी दिइरहेका थिए कि म पनि छिट्टै मर्दै छु ।”

    टैबुलाई यसअघि नै राष्ट्रपति मुगाबेका कार्यकर्ताले ज्यान मार्ने धम्की दिएका थिए । जो क्रिकेट प्रशानसका समेत सदस्य थिए । उनले आफ्नो आत्म कथा ‘किपर आफ दि फेद’ मा बताएका छन् कि उनलाई राष्ट्रपति मुगाबेका कार्यकर्ताले बारम्बार कसरी धम्काएका छन् । उनको कुटपिट गरिएको थियो ।

    दुई वर्ष अन्तर्राष्ट्रिय क्रिकेट बाहिर

    यसपछि टैबु दुई वर्ष अन्तर्राष्ट्रिय क्रिकेटबाट टाढा रहेका थिए । यस समय उनी देश बाहिर बंगलादेश, इंग्ल्यान्ड र नामिबिया लगायका देशमा क्रिकेट खेल्न भने छोडेनन् । जब उनी २००७ मा जिम्बाब्बे फर्किए उनलाई फेरि तिनै कार्यकर्ताले देश किन छोडेको भन्दै प्रश्न गर्न थाले । त्यसपछि उनी पुनः क्रिकेट बोर्डका सदस्य कार्यकर्तासँग भेट गरे । र उनलाई फेरि क्रिकेटमा फर्किन आग्रह गरे ।

    टैबु त्यतिबेला २४ वर्षका थिए र उनी अन्तर्राष्ट्रिय क्रिकेट खेल्न तड्पिएका थिए । उनले जिम्बाब्बे क्रिकेटलाई परिवर्तन ल्याउन फेरि राष्ट्रिय टोलीबाट खेल्न सुरु गरे । राष्ट्रपति मुगाबेको यस्तो प्रभाव थियो कि क्रिकेटमा सीमित स्रोत थिए । तर, खेल दृष्टिले टैबुले आफ्नो प्रतिभामा निखारता ल्याएका थिए ।

    उनले अगस्त २००७ मा आफ्नो पुनरागमन गरे । उनले राष्ट्रिय टोलीमा पुनरागमन गर्दै पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेले । उक्त दक्षिण अफ्रिकाविरुद्धको खेलमा उनले अविजित १०७ रन जोडेका थिए ।
    टैबुले चर्चामा सेवा गर्ने भन्दै २०१२ मा राष्ट्रिय टोलीबाट सन्यास लिए । त्यसपछि उनले चार वर्षपछि जिम्बाब्बे क्रिकेट बोर्डमा हेड सेलेक्टरका रूपमा नियुक्त भए । तर, हाल उनी इंग्ल्यान्डमा छन् । (एजेन्सीको सहयोगमा)


    क्याटेगोरी : खेलकुद, मुख्य समाचार

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस