• The Public Today
  • अक्षयले दिए मुम्बई प्रहरीलाई सेन्सर घडी


    मुम्बाई, जेठ १ गते : मुम्बई प्रहरीलाई एक हजार सेन्सर वाला हाते घडी बलिउड अभिनेता अक्षय कुमारले सहयोग गरेका छन् ।

    यस घडीले कोभिड–१९ को लक्षण पत्ता लगाउन मद्दत गर्ने बताइएको छ । यसले घडी लगाइरहेको व्यक्तिको शरीरको तापक्रम, मुटुको गति, रक्तचाप, निन्द्रा, क्यालोरी आदि अपडेट दिने गर्दछ ।

    कोरोनासँगको लडाईमा फ्रन्टलाइनमा बसेर काम गरिरहेका मुम्बई प्रहरीको सुरक्षालाई ध्यानमा राख्दै अक्षयले यो सहयोग गरेका हुन् ।

    भारतीय सञ्‍चारमाध्यमका अनुसार कोरोना भाइरसको लक्षण देखाउने यो सेन्सर हाते घडी लगाउने विश्वरीमा मुम्बई प्रहरी पहिलो रहेको बताइएको छ ।

    जिओक्यूआईआई नामक एप कम्पनीले तयार पारेको यस (जिओक्यूआईआई भाइटल ३.० क्यान्ड) घडीले कोरोना भाइरसबाट सुरक्षित गर्ने संसारकै पहिलो क्यान्डको रुपमा लिइएको छ ।
    अभिनेता अक्षय कुमार यस कम्पनीका ब्राण्ड एम्बेसडर हुन् ।

    अक्षयले यसअघि पनि मुम्बई प्रहरीलगायत फ्रन्टलाइनमा काम गरिरहेका अरु कर्मचारीहरुलाई पनि सहयोग गर्दै गरिरहेका छन् । – नवभारत टाइम्स


    क्याटेगोरी : मनोरंजन, मुख्य समाचार

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस